नेपाल टेलिकमले भन्याे- फ्रि कल उपलब्ध गराएको छैन

काठमाडौं । “नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको” भनेर विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले निर्देशन दिएको छ । नेपाल टलिकमले फ्रि कल बारे गलत प्रचार भएको भन्दै आज सुचना प्रकाशित गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो ।

विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकमार्फत उपलब्ध हुने कल बाहेक नेपाल टेलिकमले अन्य कुनैपनि प्रकारको फ्रि कल उपलब्ध नगराएको सुचनामा उल्लेख गरिएको छ ।

कम्पनीको आधिकारिक वेबपेज, एप, ब्लु टिकसहितको आधिकारिक फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई आधार मानेर त्यसै अनुसार कम्पनीका सेवाहरुको बारेमा अद्यावधिक हुन समेत सुचनामार्फत नेपाल टेलिकमले अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *