पूर्व श्रीमान आशिषको बिहेको तस्विर बाहिर आएपछि वर्षाले लेखिन् यस्तो


काठमाडौं । नायिका वर्षा शिवाकोटीको विवाह १० महिनामै टुटेको छ । गत वैशाखमा अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी वर्षाको विवाह टुटेको पुष्टि भएको छ । सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरिएपछि वर्षाको विवाह टुटेको पुष्टि भएको हो । आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ। वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं। तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम आशिष र वर्षा। बिचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो । यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्। एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भएको थियो । आशिषले बिहे गरेको तस्विर बाहिर आएपछि अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाको भनाइ रहेको छ । ‘परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझदारी भयो,’ उनले भनिन्, । आशिषले झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *