प्रभु बैंकको पोइन्ट अफ सेल मार्फत अतिरिक्त बैंकिङ सेवा


काठमाडौं । प्रभु बैंक लिमिटेडले पोइन्ट अफ सेल पीओएस मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन एटीएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट पोइन्ट अफ सेल मेसिनको माध्यमबाट ग्रीन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम नेप्सेसँगको सहकार्यमा पीओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *