बीआरआई परियोजनाले नेपाललाई सहयोग पुग्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीव्रमा अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले भने“ अब ढिला नगरि सो योजनालाई अघि बढाउनुपर्छ ।”

बीआरआई अघि बढन नसक्नुमा भूराजनीतिक इस्यूहरुले पनि कहिलेकाही काम गरेको उनको भनाइ रहेको छ । त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनु पर्छ ज्ञवालीले भने । यसका लागि जतिछिटो यी कनेक्टिभिटीमा प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउन सकिने उनले बताए । नेपाल त्यसबाट लाभान्वित हुन सक्ने उनको भनाइ छ ।

काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो कुरा गरेका हुन् ।

ज्ञवालीले भने ‘सरकारलाई मेरो माननीय उपप्रधानमन्त्रीज्यूमार्फत मेरो आग्रह पनि छ–प्रस्तावित हाम्रा जतिपनि योजनाहरु छन्। तिनको कम्तिमा आधारभूत डकुमेन्टहरु सेयर गर्ने, पेश गर्ने, अव फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ ।’

सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उनको भनाई थियो । उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भिर बन्नुपर्ने बताए । उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *