एनएमबि बैंकको १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर घर कर्जा


काठमाडौं । एनएमबि बैंकले १५ वर्षका लागि ११.९५ स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा ल्याएको छ । नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने बताएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ सुनील केसीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझेर स्थिर कर्जा योजना ल्याएको बताए । ‘यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार चढाव वा ब्याजदरहरूमा परिवर्तन भएता पनि उहाँहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्नुहुनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *