चार वायुसेवाले पाए बेस्ट एयरलाइन्स अफ द इयर’


काठमाण्डौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने चार वटा वायुसेवा कम्पनी सन् २०२२ को ‘बेस्ट एयरलाइन्स अफ द इयर’ बनेका छन्। बेस्ट एयरलाइन्स अवाईस नेपाल बान २०२२ मा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आइरहेका २९ वटा वायुसेवा प्रदायक तथा आन्तरिकतर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए। जसमा अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेको कतार एयरवेज, ‘बेस्ट एयरलाइन्स अफ द इयर’ बनेको छ। त्यस्तै आन्तरिकतर्फ उडान भरिरहेको बुद्ध एयर ‘बेस्ट इयरलाइन्स अफ द इयर’ बनेको छ। कम शुल्कमा गुणस्तरीय सेवा दिने एयरलाइन्सका रूपमा हाइब्रिड तथा एलसीसीतर्फ हिमालय एयरलाइन्स र अफलाइन अपरेसनतर्फ एमिरेट्स एयरवेजले बेष्ट एयरलाइन्स अफ द इयर पाएको छ। जनसाधारणले अनलाइनमार्फत गरेको भोट नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरिएको हो। निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटल एसोसिएसन नेपालकी सिर्जना राणा स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे थिए। त्यस्तै नाटाका पूर्व अध्यक्ष सिएन पान्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत द उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वार, लिड नेपाल इन्क्वाय अनिल केशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि थिए। नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासो ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा विभिन्न १६ विधामा सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्डस् नेपाल २०२२ घोषणा गरिएको हो। कार्यक्रमका आयोजक ग्लोबल एक्रिडिएसन काउन्सिलकी प्रमुख कार्यकारी अधिकृत रोस्मिता बरालले यस अवार्डले नेपालको एभिएसन क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्।


कुन इयरलाइन्सलाई कुन अवार्ड
सीइओ अफ द इयर नेपाली एयरलाइन्सका तर्फबाट बिरेन्द्रबहादुर बस्नेत बुद्ध एयर
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स ‘बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन र ग्राउन्ड ह्याण्डलिङ
फन्ट डेस्क सपोर्ट कतार एयरवेज
बेस्ट इकोनोमी क्लास फ्लाइ दुबई
बेस्ट क्याबिन क्रु एयर अरेबिया
बेस्ट ट्रान्जिट इयरपोर्ट लाउन्ज टर्किस एयरलाइन्स
बेस्ट इयरलाइन्स रिवार्डस् प्रोग्राम कतार एयरवेज
बेस्ट एयरलाइन्स एअर फेयर पोलिसी कतार एअरवेज
बेस्ट एयरलाइन्स फ्रन्ट डेक्स सपोर्ट जजिरा एयरवेज
बेस्ट जनरल सेल्स एजेन्ट जीएसए कर फरेन एयरलाइन्स सोसाइटी इन्टरनेसनल
बेस्ट इयरलाइन्स म्यानेजर अफ द इयर अन्तर्राष्ट्रिय एयलाइन्सका तर्फबाट सारिक बोगटी कतार एयरवेज

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *