डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सीईओ श्रेष्ठ


काठमाडौं । विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल डीबानको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सुयोग श्रेष्ठ चयन भएका छन् । एशोसियसनको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेको छ ।

महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटा उपाध्यक्ष, सिन्धु विकास बैंकका सीईओ रामकुमार गिरी सचिव र लुम्बिनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा कोषाध्यक्षमा चयन भएका हुन् । एशोसिएसनको कार्यकारी सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सीईओ डा.इन्द्र कट्टेल चयन भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *