नेपाल टेलिकमद्धारा सजिलो भ्वाइस र डाटाको सुविधा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले आजबाट ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ । टेलिकमले आज एक विज्ञप्ती जारी गर्दे उक्त सुविधा उपलब्ध गराएको हो । विगतदेखि नै ग्राहकवर्गको रुची एवं चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेकाले यस पटक पनि (२०७९ चैत ३) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने टेलिकमले जनाएको छ । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल तथा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको टेलिकमले सार्वजनिक गरेको विज्ञप्तमिा उल्लेख गरिएको छ ।

त्यस्तै प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ] *1415*2*2#  डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *