शिवम् सिमेन्टको मेगा लक्की ड्रमा प्रथम विजेता दुई जनाले पाए ५ ५ तोला सुन


काठमाण्डौं । शिवम् सिमेन्टद्वारा शिवमसँग उपहार टन्न उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न भएको छ। यस लक्की ड्र अन्तर्गत भाग्यशाली उपभोक्तातर्फ ३० जना तथा विक्रेतातर्फ ३० जना गरी ६० जना विजेताहरूको नाम सार्वजनिक गरिएको हो। जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो। मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत दुई जना विजेता बाग्मती पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५ ५ तोला सुन प्राप्त गरेका छन्। दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३ ३ तोला सुन जितेका छन्। त्यस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाईजनिक प्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २ २ तोला सुन जित्न सफल भएका छन्। चौथो ८ जनालाई १.१ तोला सुन तथा अन्य १० जनाले आधा आधा तोला सुन जितेका छन्। यस अघि भएका मासिक लक्की–ड्रहरूबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरूको छनौट भइसकेको छन्। यस अन्तर्गत ४ जोडिले थाइल्याड भ्रमण, ८ जोडिले गोसाइकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाइट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन्। साथै स्योर सट पुरस्कारमार्फत पनि २ लाख २५ हजारभन्दा बढी ग्राहकहरूले सुन, चाँदी तथा नगद उपहारबाट लाभांवित भएको कम्पनीले जनाएको छ।
शिवम्ले प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २।५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो। सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो। कम्पनीका अनुसार यो योजनामा छोटो समयमै ग्राहकहरूको उल्लेख्य सहभागिता थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *