विशेष अदालतबाट ९ सिमेन्ट उद्योगीले पाए सफाइ


काठमाडौं । विशेष अदालतबाट विभिन्न ९ वटा सिमेन्ट कम्पनीका सञ्चालकले सफाइ पाएका छन् । ९ जना सिमेन्ट उद्योगी र ९ जना कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा एक अर्ब २६ करोड १९ लाख ४८ हजार भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर भएको थियो । शुक्रबार न्यायाधीशत्रय रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले १८ जनालाई नै सफाइ दिएको हो ।

अख्तियारले सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिदार्थ मिनरल्सका पशुपति मुरारका, मारुती सिमेन्ट्सका सरद गोयल, अन्नपूर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका निपेश तायल, कञ्चन क्वेरिज प्रालिका भिमबहादुर थापा र डोलोमाइट उद्योगका मानबहादुर श्रेष्ठलाई विगोसहित सजायको माग गर्दै मुद्दा दायर गरेको थियो । ९ वटा कम्पनीले राजस्व छलेको आरोप थियो । एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानि नोक्सानी पुग्नेगरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । ९ उद्योगीसहित ९ जना कर्मचारीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *