थकाली सेवा समाजको १६ औं वार्षिक साधारण सभा तथा नवनिर्मित भवनको समुद्घाटन सप्पन्न

काठमाडौ । मुस्ताङ जिल्लाको तीन गाउँले थकाली सेवा समाज काठमाडौंले मिति २०७९ फाल्गुन २७ मा नागार्जुन नगरपालिका वडा नम्बर ३ गैरी टोलस्थित हल्चोकमा नवनिर्मित भवनको समुद्घाटन (धिम्भ्रोवा) तथा १६ औं वार्षिक साधारणसभा आफ्नो मौलिक पर्व ‘त्युङल्आ’को शुभकामना आदान प्रदान सहित सम्पन्न भएको छ।


मुस्ताङ जिल्ला तीन गाउँले थकाली समाजका अध्यक्ष श्री छिरिङ् प्रसाद थकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भूतपूर्व सामान्य प्रशासनमन्त्री कृष्णलाल थकाली, विशिष्ट अतिथि संविधान सभा सदस्य श्रीमाया थकाली, अतिथिहरु संस्थापक अध्यक्ष हरि बाहादुर थकाली, मुस्ताङ जिल्ला समन्वय समितिका उपप्रमुख आइते लाल थकाली, पाँच गाउँ उद्धार समिति मुस्ताङका अध्यक्ष कुलबहादुर थकाली लगायत समाजमा आवद्ध करिब ४० घरपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।


आजको प्रमुख कार्यक्रम नागार्जुन नगरपालिका ३ मा नवनिर्मित भवन उद्घाटन, १६ औं वार्षिक साधारण सभा ,आफ्नो मौलिक पर्व ‘त्युङल्आ’को अवसरमा शुभकामना आदान प्रदान, नवनिर्मित भवन निर्माणमा चन्दादाताहरुलाई सम्मान स्वरुप खादा लगाई प्रमाणपत्र वितरण, महिला पुरुष एक आपसमा सम्मान कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।


नवनिर्मित भवन विवाह, वर्तबन्ध, पारिवारिक जमघट तथा ८०/१०० जना को पार्टी गर्न सहज हुने र आवश्यकता परे भाडामा दिने गरी निर्माण गरिएको कुरा समाजका अध्यक्ष श्री छिरिङ प्रसाद थकालीले जानकारी गराउनुभएको छ।


ऊक्त कार्यक्रममा चन्दादाताहरुलाई सचिब राम बहादुर थकालीको हातबाट सम्मान पत्र बितरण गरिएको थियो भने समाजको तर्फ बाट सदस्य बादल थकालीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने आमा समुहको तर्फ बाट सम्पूर्ण अतिथिलाई खादा र मालाले स्वागत गरिएको थियो । कार्यक्रमको अबसरमा उपस्थित बुद्धिजिबी तथा समाजसंग आबद्ध सबैले खुशी ब्यक्त गरेका थिए । यूवा अध्यक्ष द्रोण थकालीले तीन गाउ युवाहरु अब आफ्नो संस्कृति जोगाउन सक्षम रहेको बताउनु भएको थियो । डा. कबिर थकालीले यो भवनको सहि ब्यबस्थापन गर्दै अघी बड्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा भावन निर्माण तथा समाजको सम्पूर्ण आर्थिक गतिबिधीहरुलाई समेटेर समाजका कोषाध्यक्ष मणिलाल थकालीले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *