मलाई प्रधानमन्त्री बनाउ भन्दै बालकोट गएको हैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न खोज्दै बालकोट नगएको बताएका छन् ।

विश्वासको मतको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मलाई प्रधानमन्त्री बनाउ भन्दै बालकोट नगएको बताए । उनले एमालेले केहि समयदेखि नै आफुलाई र कांग्रेसलाइ विभिन्न किसिमले अफर गरेको बताए ।

प्रचण्डले आफुले एमाले अध्यक्ष केपी ओलीलाई दुइ पटक प्रधानमन्त्री बनाएको स्मरण गर्दै एक पटकको चुक्ता भएको र एक पटक अझै बाँकी रहेकोले हिसाब राख्न एमालेलाई राख्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले संसदमा आज विश्वासको मत बारे छलफल गर्दा अलिकति असहज भएको स्वाभाविक भएको बताउदै यसलाई संसदबाबाटै विधिसम्मत नै तरिकाले टुंगाउने क्रममा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले आफुहरु अराजक नभई विधि र संबिधान अनुसार नै अगाडी बढेको बताए ।

अहिले संसदमा भिन्न किसिमको प्रतिनिधित्व रहेको भन्दै प्रधनमन्त्री प्रचण्डले पुराना र नयाँ दलहरुबीच तालमेल गरेर काम गरेमा मात्र अहिलेको समयमा परिणाममुखी काम गर्न सकिने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *