सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रधानमन्त्रीको प्रतिज्ञा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिने सांसदहरूलाई धन्यवाद ज्ञापन परेका छन् ।

सोमबार दोस्रो पटक विश्वासको मत लिएको प्रधानमन्त्री प्रचण्डले १७२ सांसदको विश्वास पाएका थिए । विश्वासको मत पाएपछि फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले धन्यवाद ज्ञापन गरेका हुन् ।

फेसबुकमा लेखेका छन्– ‘सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएसँगै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिज्ञा समेत गरेका छन् ।

उनले भनेका छन्– ‘तपाईहरूले दिनुभएको विश्वासलाई ऊर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गर्दछु।’

राष्ट्रपति निर्वाचनसँगै सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा एमाले र राप्रपाले विश्वासको मत फिर्ता गरेपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *