स्ववियु निर्वाचन : २४३ क्याम्पसको नतिजा सार्वजनिक, कुन ठाउँमा कस्ले विजय हासिल गर्‍यो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु निर्वाचन सम्पन्न भएको छ । एकै चरणमा सम्पन्न भएको स्ववियु निर्वाचन मतपरिणाम पनि सार्वजनिक भएको छ । एकै चरणमा देशभरबाट २४३ क्याम्पसहरूमा निर्वाचन भएको छ । सार्वजनिक नतिजाअनुसार अनेरास्ववियुले १०६ वटा कलेजमा विजयी हात पारेर पहिलो स्थामा छ । यस्तै नेविसंघले ७९ स्थानमा निर्वाचनमा विजय हासिल गरेको छ ।

यो नतिजासंगे नेविसंघले दोस्रो स्थान पाएको छ भने अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचित भएको छ । यसैगरि ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले विजय हासिल गरेको छ । विद्यार्र्थीसंगनबीच भएको विवादका कारण ६५ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ । यस्तै ४६ वटा क्यामपसमा निर्वाचनको प्रक्रिया नै अघि बढेको छैन् ।

अनेरास्ववियूले ५ वटा , विप्लव निकट विद्यार्थी संगठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनहरूले १र१ कलेजमा निर्वाचनमा विजय हासिल गरेका छन् । विविध कारणले स्थगित भएको स्ववियु निर्वाचन यही १२ गते अघि नै गराउन निर्देशन दिइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *