कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि खेतदेखि खाडीसम्म पुर्‍याउने नीति बनाउनुपर्ने ः अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गरेका छन् अर्थ मन्त्रालयमा उद्योग वाणिज्य महासंघको तर्फबाट आगामी बजेटमा सुझाव दिने क्रममा अध्यक्ष ढकालले रिपोर्टमा चुरे क्षेत्र उत्खनन गरी वार्षिक ५ खर्बको निर्यात गर्न सकिने उल्लेख भएको भन्दै उक्त रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले चुरे क्षेत्रबाट बगेर गएको गिट्टी बालुवालाई व्यवस्थापन गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव समेत दिए । उनले नेपालमा रहेका सामाजिक सुरक्षा कोष,नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कम्तीमा २० प्रतिशत उत्पादन र सेवा मूलक क्षेत्रमा लगाउन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले कोषहरुमा जम्मा भएको अर्बौं रुपैयाँमा बैंकहरुले कति ब्याज दिन्छन् भनेर खोजेर बसेको अवस्था रहेको भन्दै कोषमा जम्मा भएको २० प्रतिशत रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न माग गरे । विदेशी अनुदान पनि निजी क्षेत्रमार्फत ल्याउने व्यवस्था गर्नुपर्ने उनको माग थियो। उनले कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि खेतदेखि खाडीसम्म पुर्‍याउने नीति बनाउनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *