नेपाल बैंक र मोको वालेटबीच सम्झौता


काठमाडौ‌ । नेपाल बैंक र फोकसवागन पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता भएको छ । फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र नेपाल बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हो । नेपाल बैंकका ग्राहकलाई भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिकं गरी उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

साथै, बैंकका ग्राहकले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पेगरी ६ हजार भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् । हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तिय संस्थाको भिसा डेबिट र क्रेडिट कार्डहरु र गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स हो । विषेश गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *