मेरो हजुरआमालाइ छुटाउनै मिल्दैन किनकी हजुरआमाको तर्फबाट मैले धेरै पाएको छु


आप्नो जीवनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति कमाई सक्नु भएका सवैका चिरपरिचित, शिस्नु पानी नेपालका निवर्तमान अध्यक्ष, गितकार, साहित्यकार एवं बुढाबूढीको क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका अध्यक्ष, सामाजिक अभियन्ता मृदुल भाषि सरल एवं वौद्धिक ब्यक्तित्व, अग्रणि हाँस्य कलाकार चट्याङमाष्टर कृष्णमुरारि गौतम सँग हाम्रा सम्वाददाता विश्वनाथ ढुङ्गेलले गर्नु भएको कुराकानि –


नमस्कार, आराम हुनुहुन्छ ?
नमस्कार, आराम छु ।
यहाँको जिवनिका विषयमा केही बताइदिनुहोस् न ?
भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं ३, न्यौपाने गाऊँमा पिता नारायण प्रसाद गौतम र आमा भीमकुमारी गौतम बाट बि.सं.२०१० फागुन १४ गते बिहिवार मेरो जन्म भएको हो । बाल्यकालमा मैले गरेका उपद्रो संझिदा म निक्कै बदमास नै थिएँ भन्ने लाग्छ । परिवारको जेठो नाति अनि हजुरआमाको काख पाएर म साह्रै पुलपुलिएर हुर्किएको केहि संझना आउँछ । म बालक हुँदाका बखत पुरा गाउँ समाज एउटै परिवार जस्तो हुन्थ्यो त्यसैले मैले आप्mनो र अर्को परिवार छुट्याउन परेन । पुरा गाउँ आप्mनै घर लाग्थ्यो । जसकोमा गएर खाए पनि हुनी सुते पनि हुने । समग्रमा भन्नु पर्दा मेरो बाल्यकाल निक्कै रमाइलोसंग वितेको थियो । मेरो वाल्यकालको कुरा गर्दा मैलै मेरो हजुरआमालाइ छुटाउनै मिल्दैन किनकी हजुरआमाको तर्फबाट मैले धेरै पाएको छु । त्यतिवेला पुरुषहरु पनि त्यति साक्षर हुदैन थिए भने पुरा गाउँका महिलामा मेरो हजुुुरआमा एक मात्र लेखपढ गर्न सक्ने हुनुहुन्थ्यो । सवैका चिठि पढ्ने, अन्य कागजपत्र पढेर सुनाउने काम गर्नु हुन्थ्यो । जसको कारण वरपर पुरा गाउँले उहाँलाइ स्रद्धा, सम्मान गर्थे । उहाँको नाति भएर नै म सवैको माया पाउँथे । मैले जति विगो र उपद्रो गरे पनि उहाँको नाति भएका कारण माफि पाउँथे भने संगैका दौँतरी चुटाइ खान्थे । मेरो प्रारम्भिक शिक्षा हजुरआमाबाट भएको थियो । प्राथमिक शिक्षा गाउँकै विद्यालय र माध्यामिक शिक्षा भक्तपुरको पद्यमोदय बाट पुरा गरेको हुँ । तपाँइलाई अनौेठो लाग्न सक्छ, विद्यालयको पढाइमा एक देखि दशसम्म कक्षा फट्को मारेर पढेको छु । उच्च शिक्षा जति सवै छात्रबृत्रिको अवसर पाएर भारत, पाकिस्तान, अमेरिका र अष्ट्रेलियाका विश्वविद्यालय बाट पुरा गरेको हुँ । मैले हाशिल गरेको शिक्षाले मेरो पहिचान कृषि विज्ञ, कृषि अर्थ सास्त्रीको रुपमा रहेको छ । पेशागत रुपमा सुरुमा केहि वर्ष प्राध्यापन गरेपछि कृषि बिज्ञको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थामा काम गरेँ । स्वतन्त्र परामर्षदाताको रुपमा पनि काम गरेँ । कृषि र सिँचाइ सम्बन्धि काम गर्ने संस्था सि.एम.यस र प्रेकर स्थापना गर्नुको साथै एसियन कलेज अफ साइन्स सञ्चालन गरेँ । आप्mनो जन्म थलोमा ईन्जिनियरीङ कलेज स्थापना गर्न सम्म सफल भएको छु । पेशागत समयमा पनि आप्mनो रुचिको विषय ब्यङ्ग साहित्यलाइ अगाडि बढाएर लगिरहेँ । जसको कारण चट्याङ्ममास्टरको उपनामले चिनीन्छु । संस्थागत हाँस्यव्यङ्ग अभियान चलनउन सीस्नुपानि संस्था मेरै अध्यक्षतामा स्थापना भएको हो । अहिले म ज्येष्ठ नागरिकलाइ अधिकारमुखि बनाइ उहाँहरुको जिवन सुरक्षित, सम्मानित बनाउने काममा लागेको छु ।

यहाँ हास्यव्यङ्ग, गितकार, साहित्य सृजना,ज्येष्ठ नागरीक सम्वन्धि उच्च विचार राख्ने अग्रणि व्यक्तित्व हुनु हुन्छ । यहाँले यस्ता महत्वपूर्ण विषयमा कसरी अगाडि वढि सफलता हासिल गर्ने मौका पाउनु भयो ?
२०३६ साल देखि पञ्चायति शासन विरुद्ध आवाज उठ्न थालेको थियो । त्यति वेला विरोध जनाउने प्रमुख माध्यम पत्रपत्रिकामा लेख रचना, गाइजात्रा, र ब्यङ्ग प्रमुख थिए । यसै क्रममा मैले पत्रिकाहरुमा ब्यङ्ग लेख्न थालेँ । मेरो लेखको साथिभाइ र पाठकबाट आएको प्रतिक्रियाबाट मलाइ हौसला मिल्न थाल्यो र ब्यङ्ग विधामा अहिले सम्म लेख्दै आएको छु । सुरुका दिनमा बज्रपाणि उपनाम बाट लेख्थेँ । त्यति वेला ब्यङ्ग सरकारका कमी कमजोरी बिरुद्ध हुने र्गथ्र्यो र मेरा ब्यङ्ग सरकार लक्षित नै हुने र्गथ्र्यो । एकपटक यस्तो अवस्था आयो कि मलाइ सरकारले कारवाहि गर्न खोजेको छ भन्ने थाहा पाएर अर्को उपनाम जुुन वज्रपाणिको अर्थ कायम नै राखेर चट्याङ्ममास्टरको उपनाम बाट लेख्न थालेँ । सरकार वज्रपाणि खोज्न थाल्यो म चट्याङ्ममास्टर बनेर लेख्दैे गएँ । जसले मलाइ आज चट्याङ्ममास्टर भनेर चिनाएको छ । पहिला म गद्यमा लेख्थेँ पछि गएर कवितामा लेख्न थालेँ । अध्यात्मतिर पनि रुचि बढ्यो भजन लेखनमा कलम चल्न थाल्यो । यसरी सरदै सरदै गित पनि लेखियो । साहित्यका अन्य विधामा खै कसो कसो सरदै गएछ मलाइ पत्तै भएन । अहिले म ज्येष्ठ नागरिक साहित्य विधा खडा गरेर यसलाइ स्थापित गराउने काममा लागेको छु । सफलता हासील गर्ने मौका कसरी पाउनु भयो भनेर राख्नु भएको जिज्ञासामा मेरो भनाइ यस्तो छ – म मौका कुरेर बसिन । मौका सृजना गरेर त्यसको उपयोग गर्न पटि लागेँ जसले मलाइ सफलता दिलाइरह्यो ।

५ जेष्ठ नागरिकहरुलाई असाध्यै मान मर्यादा गर्ने निडर र विवेकसिल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । यहाँको उच्च सोचले सरकारलाई कसरी कस्तो किसिमवाट घचघच्याई अगाडि वढि रहनु,भएको छ ?
मेरो बुबा बिमार पर्नु भयो । उपचारको क्रममा बुबालाइ अल्जाइमर्स रोग लागेको पत्ता लाग्यो जुन रोगको औषधि बनिसकेकै रहेनछ । यस रोगको उपचार भनेकै हेरचाह रहेछ भन्ने बुझीयो र बुबाको हेरचाह गरेर वस्दा मलाइ ज्येष्ठ नागरिकका विषयमा ध्यान जान थाल्यो । ज्येष्ठ नागरिकका हक अधिकार, उहाँहरुको समस्या तथा आवश्यकता अझ भनौ ज्येष्ठ नागरिकका समग्र विषयलाइ केलाउदा सुन्य मात्र देखेर यस क्षेत्रमा काम गर्न लागेँ । अध्ययन, अनुसन्धान, राष्ट्रिय अन्तराष्ट्रिय अवस्था सवेै केलाएर आवश्यक नीति तथा कार्यक्रम बनाउन सरकारलाइ बुझाउने काम गर्न थालियो । सरकारले व्यक्तिभन्दा संस्थाको कुरा सुन्ने भएकोले एजिङ नेपाल संस्था स्थापना गरेर सरकारलाइ बुझाउने, दवाब दिने सरकारको सहयोगी भएर काम गर्न थालियो । कसैको पनि त्यति ध्यान गइ नसकेको र सरकारले पनि कल्याणकारी भावनाले हेरीरहेको अवस्थामा विश्वमा विकाश भइरहेका नयाँ नयाँ धारणा, पद्धती र प्रणालि अनी अरु देशले अवलम्बन गरेका रणनीतिका विषयमा सरकारलाइ बुझाउने प्रयास गरियो । सरकार पनि त हामि जस्तै मान्छेले चलाउने त हो नि । उनिहरुले पनि कुरा बुझे । आवश्यक नीति बन्न थाल्यो, सेवा सुविधा दिदै र बढाउदै जान थाल्यो । समय सापेक्ष पहिलाको ज्येष्ठ नागरिक ऐन पहिलो संसोधन भरखरै भएको छ । उपचारमा छुट, स्वास्थ्य विमा, हेरचाह तालिम, हरेक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्येष्ठ नागरिक शिक्षाको पठनपाठन जस्ता प्रभावकारी कार्यक्रम नीतिगत रुपमै आएका छन् । यति हुनुमा म र मेरो संस्था एजिङ नेपालको पनि भूमिका रहेको छ ।
व्यङगको माध्यमले मात्र कलाकारलार्इ जीवन धान्न वा गुजारा चलाउन कत्तिको सहज छ ?
हो, केहि दशक अगाडि कलाकारिता र साहित्यबाट जीवन धान्न कठिन थियो । तर अहिले समय बदलिएको छ । हास्यब्यङ्गको क्षेत्र विस्तार भएको छ । विकूति प्रविधिले सहज बनाइ दिएको छ । स्वतन्त्रपुर्वक एक्लै काम गर्न सकिने अवस्था सम्मको सृजना भएको छ । सर्जकले आप्mनो सृजनाको मूल्य पाउने अवस्था बनेको छ । हाँस्यकलाकारको त झनै राम्रो नाम दाम दुवै । रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, सिनेमा, पत्रपत्रिका, स्थानिय देखी बिदेशसम्मको स्टेज, अनि संस्थागत क्रियाकलाप आदिको विस्तारसंगै हास्यब्यङ्ग विधा पनि राम्रोसंग फस्टाएको छ । उत्कृष्ट जीवन जीउन सकिने अवस्था बनेको छ ।
सरकारले कलाकारहरुलाई हेर्ने दृष्टिकोण कस्तो रहेको छ र कलाकारहरुलाई यस्तो किसिमको सुबिधा दिनु पर्यो भनी तपाईले सरकार समक्ष कुनै पहल गर्नु भएको छ या छैन ?
सरकारले कलाकारलाई कुन दुष्टिकोणले हेर्छ ? कसरी हेर्छ ? त्यो सरकारले हेर्ने कुरो हो । मलाइ यति थाहा छ कि कलाकारले सरकारलाइ हेरिरहेको हुन्छ र त्यहि कुरो तपाँई हामिलाइ देखाउँछ । म कलाकार होइन म त एउता सर्जकमात्र हुँ । त्यो पनि तपाँईहरुले मानि दीएर । कलाकार देशका गहना हुन भन्ने मलाइ थाहा छ । गहनालाइ जुन रुपले पहिरनु पर्ने हो र त्यसको उचित इज्जत राख्नु पर्ने हो त्यो राज्यले गर्न सकेको जस्तो लाग्दैन । मैले यस विषयमा कुनै पहल गरीन । राज्यले सम्मान गरेर दिएको पदक त कलाकारहरुले स्विकार नगरेको सुनेको छु । राज्य बाट कलाकार शन्तुष्ट भने छैनन् उनिहरु आप्mनै बलमा अडिएका छन् । यस कुरामा म खुसी छु ।
यहाँ सवै विधामा पोख्त हुनु हुन्छ भने जनताले तपाईलाई कुन प्रसङ्गले वढि मात्रामा चिन्दछन् ?
मेरो नाम कृष्णमुरारि गौतमबाट मलाइ मेरो पेशा कृषि क्षेत्रका मान्छेले कृषि विज्ञको रुपमा चिन्दछन् । अध्यात्मबाट मलाइ स्वामि दिव्यानन्द भनेर चिन्दछन् । हास्यव्यङ्ग क्षेत्रबाट चट्याङ्ममास्टर भनेर चिन्दछन् भने सवैले चिन्ने मेरो बलियो पहिचान हास्यव्यङ्गको उपनाम चट्याङ्ममास्टर नै हो ।
अन्त्यमा यहाँले समयको व्यस्तताको वावजुद पनि हामिलाई अमुल्य समय दिई आफना जिवनको लामो सङघर्सका विषयमा तिता मिठा अनुभव व्यक्त गरि हामिले यहांवाट केही जान्ने मौका पायौं यहांलाई धेरै धेरै धन्यवाद,नमस्कार । मलाई पनि मेरा भय गरेका सङघर्स ,अनुभव र तिता मिठा गुनासाहरु सुनाउने मौका पाएं यहांलाई मेरो तर्फवाट पनि धन्यवाद ,नमस्कार ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *