निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ ।
मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा उनीहरुलाई नारायणी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । हिजो बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैको शव गए राति फेला परेको पाठकले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *