नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको दबाब नपर्ने गृहमन्त्रीको दावी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको दबाबमा नपरिकाम गर्ने निर्देशन भएकाले नेपाल प्रहरीले यस प्र्रकरणमा निश्पक्ष रुपमा अनुुसन्धानको काम गरिरहेको उनको भनाइ छ ।

भ्रष्टाचारका अन्य प्रकरणहरूबारे पनि अनुसन्धान अगाडी बढाउने मन्त्री श्रेष्ठले बताए । ‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थीको रूपमा विदेश पठाउने प्रक्रिया अघि बढाएर आफ्नो चाहानाअनुरुप कमाउने धन्दामा लागेर देशका नागरिकलाई ज्युँदै आगो लगाउनेको अहिले गृहमन्त्रीसहित प्रहरीको टोलीले निश्पक्ष ढङगबाट अनुसन्धान अघि बढाइरहेको उनले बताए । यो मुलुकमा देखा परेको गम्भिर समस्या भएकाले यसको निर्मूल पार्ने काममा प्रहरी अनुसन्धानको टोली र वर्तमान सरकार कहिले पछि नहट्ने मन्त्री श्रेष्ठको दावी छ ।

‘भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरुको अनुसन्धान अहिले नसकिएकाले अनुसन्धान जारी रहेको पनि उनले बताए । अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *