कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयरबिच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्चबीच सम्झौता सम्पन्न भएको छ । बैंक र हेल्थ केयरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध ग्राहकहरुले काठमाडौंको विशालनगरस्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमामा ४५ प्रतिशतसम्मको छुट, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यति मात्र नभएर ग्राहकले डे केयर (२४ ७ नर्सिङ्ग केयर) मा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा ५ प्रतिशतसम्म, ल्याब सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *