सनराइज बैंक ऐश्वेर्या विद्या निकेतनलाई दियो ३ थान प्रोजेक्टर


काठमाडौं । सनराइज बैंकले धनगढीको ऐश्वेर्या विद्या निकेतनलाई तीन थान प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा प्रभावकारी शिक्षा संचालनका प्रोजेक्टर हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेमनिधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने बताए ।

सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले बताए । यसका साथै, बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाइदिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *