राष्ट्रिय सहकारी बैंकको २७.०७ प्रतिशत तरलता


काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा चालु आर्थिक वर्षको बैशाख मसान्तमा २७.०७ प्रतिशत तरलता रहेको छ । एक महिनाको वित्तीय विवरण अनुसार हाल बैंकको तरलता रकम भने १२ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ रहेको छ । बैशाख मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८ सय ७३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५ सय २६ रहेको छ । यस अवधिमा सहकारी बैंकको ऋणीको संख्या बढेको पाइएको छ । चैत मसान्तसम्म उक्त ऋणीको संख्या २ हजार ५ सय १७ रहेको थियो ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४६ अर्ब १६ करोड ६६ लाख, ऋण लगानी ३३ अर्ब ४२ करोड एक लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैैंकको ऋण लगानी पनि घटेको छ । चैत मसान्तसम्म बैंकले ३३ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६८ करोड र कुल सम्पत्ति ५४ अर्ब १८ करोड १९ लाख रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *