लक्ष्मी महिला साकोसद्धारा सहकारी शिक्षा कार्यक्रमको आयोजना


लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले गोदामचोक समुहमा सदस्य बिस्तार एब सहकारी शिक्षा सदस्य अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाको शिक्षा उपसमिति सदस्य गोमा पौडेल को संयोजकत्वमा ,प्रमुख अतिथी संस्थाका अध्यक्ष मैया महत,अतिथिहरु संस्थाका कोषाध्यक्ष सकुन्तला श्रेष्ठ,संचालक सदस्य गौरी सापकोटा नि बर्तमान लेखा सुपरिवेक्षण समिती सदस्य सीता कुमारी दाहालको उपस्थिति रहेको थियो । प्रशिक्षक संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले प्रशिक्षण दिएका थिए । कार्यक्रम ब्यबस्थापन संस्थाका कर्मचारी अल्बिन श्रेष्ठ कमला खतिवडा र बबिता तामाङले गरेका थिए । संस्थाको प्रारम्भ इतिहास देखि अहिले सम्मको बितिय अवस्थाको बिश्लेशण साथै आजको दिनहरुमा संस्थाले दिएको बितिय सेवा त्यस बाहेक थप सुबिधा एब सामुदायिक उत्तरदायित्व सम्बन्धि बिषयमा र हाल संस्थाले गर्दै आएको विषयलाई अध्यक्ष मैयाँ महतले प्रष्ट पारेकी थिईन।

त्यस्तै संस्थाका कोषाध्यक्ष सकुन्तला श्रेष्ठ मार्फत सहकारी अन्तरकृयाको क्रममा सम्पुर्ण शेयर सदस्यहरुलाइ सहकारीको अर्थ सिद्धान्त एब मूल्य मान्यताको बारेमा प्रष्ट पार्दै सहकारीको आवस्यक्ता, यस्का सबल पक्ष र सहकारीलाई कमजोरीरुपमा हेर्ने दृस्ठिकोण र सहकारीको पहिचान बारेमा सदस्यहरुलाइ जानकारी गराएकी थिईन । भड्किलो खालको ब्याजदरमा मात्र आकर्शित नभै समुदायमा आधारित भएर चल्न सक्ने जुन सुकै समयमा पनि संस्थामा आबद्ध भै रहने व्यथितिलाइ भन्दा पनि व्यवस्थापनलाई ध्यान दिन सदस्यहरुलाइ उत्साहित गरिएको थियो । कार्यक्रमको अन्त्यमा सम्पुर्ण सदस्यहरुलाई सम्योजक मार्फत धन्यवाद दिइ आगामी दिनमा पनि यस्तै उत्साहित एब सकृय सहभागीता हुन आव्हान गरिएको थियो । ४८ जना सदस्यहरुको उपस्थितिमा छलफल तथा अन्तरकृया गरी कार्यक्रम समापन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *