सहकारी महासंघद्वारा मंगलबारदेखि देशव्यापी आन्दोलनको घोषणा


काठमाडौं । राष्ट्रिय सहकारी महासंघले जेठ ९ गते मंगलबारदेखि आन्दोलनमा जाने घोषणा गरेको छ । महासंघले सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै आन्दोनको कार्यक्रम घोषणा गरेको हो । महासंघले जिल्लास्तरीय संघहरुमार्फत कार्यालय अगाडि कालो ब्यानर टाँग्ने, सबै सहकारी कर्मचारीले हातमा कालो पट्टी बाँध्नेलगायतका आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको छ ।

उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । त्यसैगरी तिनै तहको सरकारले आयोजना गरेको कार्यक्रम,गोष्ठी, सेमिनार लगायतका कुनैपनि कार्यक्रममा सहकारी क्षेत्रले सहभागिता नजनाउने बताएको छ । आगामी जेठ १३ गतेभित्र ७७ वटै जिल्लासग समन्वयन गरेर कार्यदल गठन गर्ने निर्णय गरेको छ । यसका लागि महासंघले १३ जनाको सहकारी समस्या समाधान सहजीकरण कार्यदल गठन पनि गरेको छ ।

जसमा सहकारी समस्या समाधान सहजीकरण कार्यदलकी संयोजक ओमदेवी मल्लले पत्रकार सम्मेलन मार्फत सहकारीमा केहि सहकारीको समस्याले सिङ्गो सहकारीमा भ्रम सिर्जना भएकोले त्यस्ता समस्यामा रहेका सहकारीको नियमनअनुगमन गरी कानुनी दायरामा ल्याई सहकारले बचतकर्ताको रकम फिर्ता गर्नुेपर्ने आन्दोलनको माग रहेको बताएकी छन् । त्यस्तै महासंघले यसभन्दा अगाडी पनि विभिन्न मागहरु राखि सरकारको ध्यानआर्कषण गराएको थियो । तर, सरकारले यसतर्फ ध्यान नदिएको र आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउदै आन्दोलनका कार्यक्रम गर्न बाध्य भएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *