घरको लक्षिण नारि ।।।

छम छम चुरा बजाई जब नारी घरमा पस्दछिन्
नारीकै श्रेयले घर घरमा तव पो हुन्छ लछिन् ।
नारि नै हुन सहनशिलता नारि नै हुन अपहेलित
नारिमै छ जगत भलो नारि मै छ मोहित ।

नारि कै हुन पाखा पर्वत नारि कै हुन माया जो छ
नारिविना श्रृष्टि गर्ने मानव जाति अरु को छ ।
जस्तो सुकै प्रलय होस एकै छिनमा हुन्छ्यौउ खुसि
सन्ततिका भलाईमा कहिले पनि हुन्नौ दुखि ।

आँट तिम्रो दरिलो छ झुम्रा लुगा लाएपनि
रिष्ट पुष्ट देखिने छैउ रुखो पिठो खाए पनि ।
काम गर्नु तिम्रा लागि नित्यकर्म सरि भयो
दुखपिडा जेनै होस आफनो धर्म परि गयो ।

वुढा वुढि रोगि थिए स्याहार पात गर्नै पर्थ्यो
मन वुझाउन गार्हो थियो आँट मेरो अघि सर्थ्यो ।
तिम्रालागि नजरमा परीवार नै सधैं हित
स्वर्गैसरि मान्थ्यौ मन पीडा भए पनि जित ।

विखुसिमा हुन्नौ तिमी सत्कर्मले खान्छु भन्थ्यौ
कर्मथलो मेरालागि अकन्टकामा लान्छु भन्थ्यौ ।
बाल वच्चा श्रीमानको सधै भरि रेखदेख
चुलो चौका सधै गर्ने यस्ति महान अरु को छ ।

प्रेमलिला सधैभरी मायाँ मोह हासि खुसि
अफ्ठ्यारो र वन्धनमा मात्र तिमी हुन्थ्यौ दुखि ।
छोरा छोरि हुर्केपछि बिहादान गरि दियौ
हासि खेलि नातिहरु हुर्काउने जिम्मा लियौ ।

बुहारिका तिता मिठा कुरापनि हुन्थ्यो कहिले
म पनि त बुहारि भै आको भन्थे उनी पहिले ।
सञ्झना र बिसर्नामा पाखा पर्वत रोए होलान
शहरवासि भयौं हामी सम्झनाले छोए होलान ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *