पोखरा रोयल बचत तथा ऋण सहकारीले बनायो १ सय युवालाइ सहकारी दूत


पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२औं स्थापना दिवसको अवसर पारेर हन्ड्रेड युथ, सहकारी दूत अभियान शुरू गरेको छ । संस्थाले १०० जना युवालाइ सहकारीको दूतको रुपमा तयार गर्दै गोष्ठी सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले एक कार्यक्रमका बीच गोष्ठीको उद्घाटन गर्दै युवा देशको कर्णधार र वर्तमानको साझेदार भएकाले युवालाई संस्थाको हरेक गतिविधि र निर्णायक तहमा सहभागी गराउन र सहकार्य गर्न जरुरी भएको उल्लेख गरिन् । संस्थामा आवद्ध १८ देखि ४० उमेर समूहका युवाहरुलाई लक्षित गरि उक्त गोष्ठी गरेको हो । गोष्ठीमार्फत युवाहरुलाई सहकारीमा आकर्षण गर्ने, युवाहरुको सीप, क्षमता र अनुभवलाई सहकारी मार्फत समुदायमा रुपान्तरण गर्ने र उनीहलाई स–साना स्टार्टअप सञ्चालन गर्न बीउ पूँजी उपलब्ध गराउन गोष्ठी आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताए । हाल संस्थामा १८ देखि ४० वर्ष उमेर समूहका सदस्यहरु ४३ प्रतिशत रहेका छन् । युवा गोष्ठीमा युवा र सहकारीको विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग, युवा र सामाजिक दायित्व विषयमा सामाजिक अभियन्ता ढाकामोहन अधिकारी र भविश्य पहिल्याउदै युवाहरु शीर्षकमा संस्थाका युवा सदस्यहरु बैकर सन्तोष शर्मा, कृषि अभियन्ता शिवकुमार आले, डा।विन्दु पनेरु, प्रविधी विज्ञ सञ्जय महासेठ, युवा व्यवसायी निश्चल खरेल र लेक्चरर मीरज ढकालले आ–आफ्नो सफलताका कथा र पेशा व्यवसायमा भोग्नु परेको समस्या र समाधानका उपायका बारेमा बहसमूलक प्रस्तुति र सहभागी युवाहरुसंग प्रश्नोत्तर शैलीमा अनुभव आदानप्रदान गरेका थिए
तीनवटा सत्रमा बाँडिएको गोष्ठीको संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, उपाध्यक्ष क्या।चन्द्रप्रसाद गुरुङ्ग र सञ्चालक हरिबहादुर गुरुङ्गले गर्नुभएको थियो । गोष्ठीको अन्तमा ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको सूचना अधिकारी मीलन ढकालले बताए । प्रतिवद्धता पत्रमा सहकारी संस्थामा युवाको प्रतिनिधित्व सुनिश्चित गराउने, युवा सञ्जाललाई सक्रिय बनाउने, युवाको अनुभव र शिपलाई प्रयोगमा ल्याउन सहकारी संघ संस्था र स्थानीय तहको ध्यानाकर्षण गर्ने, सामुदायिक गतिविधीहरुमा युवाको सहभागिता बढाउने, युवा सदस्यहरुको विस्तृत तथ्याङ्क तयार गर्ने, युवाहरुलाई सहकारीको दूतको रुपमा परिचालन गर्ने, संस्थाको साख र कारोबार वृद्धिमा युवा परिचालन गर्ने लगायतका रहेका छन् । युवा गोष्ठीमा कास्की, स्याँङ्गजा, तनहुँ, पर्वत र लमजुङ्गका गरि १०० जना युवा सदस्यहरु र संस्थाका समिति उपसमिति एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीले ११ बुँदे ‘१०० युथ, सहकारी दूत’ प्रतिवद्धतापत्र समेत जारी गरेको छः

१ युवाको गतिविधीलाई नियमित गर्न सहकारीको युवा सञ्जाललाई गतिशील बनाउन प्रतिवद्ध छौं । युवासंग सम्वन्धित विस्तृत वस्तुगत विवरण तयार गर्न यो गोष्ठी प्रतिवद्ध छ ।
२ युवालाई ध्भिि द्यभष्लन, जीवन उपयोगी, व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा ससक्तीकरण सम्वन्धी नियमित रुपमा तालिम प्रदान गर्न प्रतिवद्ध छौं ।
३ वर्तमान वित्तीय बजारमा संस्थाको उपस्थितिलाई वित्तीय रुपमा सुरक्षित र नीतिगत रुपमा सुशासित राख्न युवा गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ । यूवामैत्री सहकारी क्षेत्र निर्माणका लागि स्थानीय तह, सरोकारवाला निकाय र सहकारी संघ संस्थालाई ध्यानकर्षण गर्दछ ।
४ पोखरा रोयल सहकारीको समुदाय केन्द्रित गतिविधिलाई नतिजामुखी बनाउन युवा शक्तिलाई व्यवस्थापन र परिचालन गर्न प्रतिवद्ध छौं ।
५ पोखरा रोयल सहकारीलाई नेपालको उत्कृष्ट र दिगो सहकारीको रुपमा स्थापित गराउन नियमित रुपमा कारोबार गर्न र एक युवा एक नयाँ सदस्य निर्माण अभियानमा साथ दिने प्रण गर्दछ
६ युवाहरुलाई स्टार्टअप व्यवसाय सञ्चालन गर्नका लागि सहकारी संस्था र सम्वन्धित सरकारी निकायहरुमा नीतिगत, पूँजीगत र विषयगत सहयोगको लागि सामुहिक पहलकदमी गर्न गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ ।
७ सहकारीका असल अभ्यासहरुलाई समाजका हरेक क्षेत्रमा प्रचार प्रसार गर्न, बैकिङ्ग पहुँच नपुगेको स्थानमा सहकारी मार्फत वित्तीय साक्षरता र प्रविधि साक्षरता प्रदान गर्न प्रतिवद्ध छ ।
८ युवाको ज्ञान, शीप, क्षमता र अनुभवलाई संस्थागत गर्न संस्थाको सञ्चालक समिति र विषयगत समितिहरुमा युवा प्रतिनिधित्व सुनिश्चितताको लागि यो गोष्ठी ध्यानकर्षण गर्दछ ।
९ नेपाल सरकारद्धारा जारी युथ भिजन २०२५ लाई साकार पार्न स्थानीय तथा राष्ट्रिय स्तरको कार्यक्रममा सक्रिय सहभागिता तथा आयोजना गर्न गोष्ठी प्रतिवद्ध छ ।
१० युवा वर्गको अन्तरदृष्टि र सम्भाव्यताहरु पहिचान गर्दै सहकारी क्षेत्रमा हामी युवाहरुको नेतृत्व र निर्णय प्रकृयामा सहभागि गराउन प्रतिवद्धता व्यक्त गर्दछौं ।
११ हामी युवाहरुको माध्यमबाट बातावरणीय समस्या र जलवायु परिवर्तनको बारेमा चेतना जगाउन र दिगो अभ्यास र जिम्मेवारी पूर्ण उपभोगलाई प्रोत्साहन गर्न प्रतिवद्ध छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *