सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्दै


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको हो । बैंकका अनुसार साइकल र्याली जेठ २० गते शनिबार बिहान ७ बजे बैंककै बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट शुरु गरी १० किमीको यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिने छ । र्यालीबाट बैंकले साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुग्ने विश्वास राखेको जनाएको छ ।

यस र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ भने सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप बिरुवा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकको अनुसार र्यालीमा नाम दर्ता गर्ने पहिलो ३ सय जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’ बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *