बीवाइडीको विक्रेता साइमेक्स इंकले १५ सय रूखको बिरुवा रोप्दै


माडौं । बीवाइडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले चखन्दोल सामुदायिक वनमा १५ सय रूखको बिरुवा रोप्ने भएको छ । साइमेक्स इंक प्रालिले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत १५ सय रुखको बिरुवा रोप्ने भएको हो । कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व जैविक विविधता दिवसको अवसरमा यो रणनीतिक अभियान सुरू गरेको बताएको छ ।

यस अभियानमार्फत कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको चखन्दोल सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ । रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले इनोभेटिभ मियावाकी टेक्निक प्रयोग बिरुवाहरु रोप्नेछ ।

विश्वको सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको काठमाडौंलाई यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी, पाँच वर्षको अवधिमा बीवाइडी फरेस्टले १५५० टन कार्बन सिक्युस्टेरिङ ९कार्बन डाइअक्साइड जस्ता हानिकारक पदार्थलाई सुरक्षित राख्ने तरिकाले छुट्याउनु र भण्डारण गर्दै चार हजार १३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *