‘आइएमई पे’ को नयाँ अफर सार्वजनिक


काठमाडौं । आइएमई पे ले ‘ १ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल योजना सार्वजनिक गरेको छ । जेठ १० गते जेठ चल्ने अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले १ रुपैयाँमा उक्त खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउने छन् ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘१ रुपैयाँमा के’ ब्यानरमा गइ खेल्न सक्नेछन् । एक साता चल्ने अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी खेल खेल्न सक्नेछन् । यो अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *