सिटिजन्स बैंकमा रोजगारीको अवसर


काठमाडौं । सिटिजन बैंकले म्यानेजमेन्ट प्रशिक्षार्थी, प्रशिक्षार्थी सहायक र कानुनी तथा सेयर शाखाका लागि प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको खुलाइएको हो । बैंकका विभिन्न शाखाहरुमा खाली रहेका पदहरुका लागि रोजागर खुलाइएको बैंकले जनाएको छ । म्यानेजमेन्ट प्रशिक्षार्थी पदका लागि इच्छुक आवेदकले एमबिए डिग्री प्राप्त गरेको हुनुपर्ने बैंकले जनाएको छ । कुनै पनि अनुभव नभएकाहरुले पनि उक्त पदमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, प्रशिक्षार्थी सहायक पदका लागि न्युनतम ब्याचलर्स डिग्री भएकाहरुले आवेदन दिन सक्नेछन् । उक्त पदका लागि पनि कुनै पूर्व अनुभव आवश्यक नभएको बैंकले जनाएको छ । कानुनी तथा सेयर शाखाका लागि आवेदन दिन चाहनेहरुका लागि भने कानुनी विषयमा न्युनतम ब्याचलर्स डिग्री आवश्यक रहेको बैंकले जनाएको छ । बैंकका अनुसार रोजगारीका लागि जेठ ३० गतेसम्ममा आवेदन दिन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *