नागरिकता प्राप्ति गर्दा अमेरिकी निस्सा बुझाइसकेको रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्ुनः प्राप्ति गर्दा अमेरिकी सरकारको निस्सा बुझाइसकेको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफूविरुद्ध पटकपटक मुद्दा हालेर मुद्दा हाल्ने उद्योग नै चलाएको भन्दै रवि अधिवक्ता युवराज पौडेल सफलप्रति आक्रोशित भएका छन् ।

रविले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भन्दै मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ.भनेर आक्रोश व्यक्त गरेका छन् । उनले सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाको प्रकरण नम्बर २२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य बुझाएको उल्लेख गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

रविले सामाजिक सञ्जालमा लेखेका छन्–

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।
१. सर्वोच्च अदालतको मिती २०७९र१०र१३को फैसलाको प्रकरण नं।२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।

२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।

४. घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *