फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता


काठमाडौं । फोन पे’ पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ जारी गर्नका लागि पूर्व तयारी सुरु गरेको छ । जसका लागि फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ । सम्झौतासँगै एनएमबी क्यापिटलले फोनपेलाई आईपीओ जारी गर्न चाहिने पूर्व तयारी गर्न सघाउने छ । पूर्व तयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने छ ।

फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । नेपालको पूँजी बजारमा सार्वजनिक सूचिकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमवी संग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको छ । सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्याकारी प्रमुख दिवस सापकोटाले एनएमबीसँगको सम्झौताले आफूहरुलाई थप सहज हुने बताए । ‘हामीले साधारण सेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ ।

यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशन गर्नका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं’ उनले भने । फोनपेका प्रमुख कार्यबारी अधिकृत दिवस सापकोटाले यो सम्झौताले हाम्रा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने दृष्टिकोणलाई थप बल पुग्ने विश्वास व्यक्त गरे । नेपालमा आईपीओ ल्याउने तयारी गरेको पहिलो फिनटेक संस्थाको रूपमा एनएमबी क्यापिटलसँग यो परिवर्तनकारी यात्रा सुरु गर्न पाउँदा खुसी लागेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *