महिन्द्राको एक्सयूभी ७०० र एक्सयूभी ३०० इटहरीमा सार्वजनिक


काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागसीप ग्लोबल एसयूभी–एक्सयूभी ७०० र एक्सयूभी ३०० सुनसरीको इटहरीमा सार्वजनिक गरिएको छ । क्षेत्रीय स्तरको पहिलो आधिकारिक नयाँ शोरूमबाट ग्राहकहरूले फ्ल्यागसीप ग्लोबल एसयूभी– एक्सयूभी ७०० र एक्सयूभी ३०० खरिद गर्न सक्ने कम्पनीले बताएको छ । साथै यसका पार्टपुर्जाहरु पनि नयाँ शोरूममा उपलब्ध हुनेछन् ।

नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा गरे । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन कम्पनी केन्द्रीत रहेको बताए ।

यस्तै अग्नि ग्रुप इटहरीका लागि बिक्रेता रोयल अटो इन्टरप्राजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले इटहरी आसपास क्षेत्रका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । एक्सयूभी ७०० र एक्सयूभी ३०० नेपाली उपभोक्ताका लागि उपयुक्त रहेको र यसबाट उपभोक्ताहरूलाई सन्तुष्टि मिल्ने अपेक्षा कम्पनीले गरेको छ । आफ्नो पहिचानयुक्त एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्ने कम्पनीको विश्वास छ । नेपाली बजारमा प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रूपैयाँ रहेको कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *