विश्वकप क्वालिफायर खेल्ने अमेरिकी टिमको घोषणा, को को परे ?

काठमाडौँ । अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप क्वालिफायर खेल्ने १४ सदस्य टिमको घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा गरेको हो ।

त्यस्तै प्रतिबन्धका कारण तीव्र गतिका बलर अली खानले सुरुवाती दुई खेल नेपाल र वेस्टइन्डिजसँगको खेल खेल्न पाउने छैनन् । अघिल्लो महिना प्लेअफ क्वालिफायरमा जर्सीका खेलाडीविरुद्ध खेल भावनाविपरित व्यवहार गरेपछि प्रतिबन्धमा परेका थिए । २४ महिनामा ४ डेमेरिट प्वाइन्ट पाएकाका कारण अली खानले दुई खेल प्रतिबन्ध खेप्नु परेको थियो ।

अमेरिका टोली : मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स(उपकप्तान), शयान जहाँगिर, नोस्थुश केंजिगे, अली खान, सुशान्त मोदानी, साई मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उसमान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।

अमेरिका, नेपाल, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउँदै विश्वकप खेल्नेछन् । अमेरिका आइसिसी विश्वकप लिग–२ मा पाँचौं स्थानमा रहँदै प्लेअफ क्वालिफायर खेलेको थियो । प्लेअफ क्वालिफायरमा उपाधि जित्दै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *