रास्वपा पनि परम्परागत ढर्राकै, आफ्नै निर्णय फ्लो गरेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी पनि परम्परागत ढर्राकै पार्टीको दिशामा अघि बढेको छ । ठूल्ठूला कुरा गर्ने तर अन्य दलकै जस्तो रणनीति अख्तियार गर्ने बाटोमा रास्वपा हिँडेको छ ।

रास्वपा सरकारमा रहँदा तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गृह मातहतका कुनै पनि कर्मचारीले आफूखुसी विदेशी कूटनीतिक प्रतिनिधि र दलका नेतालाई नभेट्न निर्देशन दिएका थिए । भेट्नुपरे गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने नियम बनाइएको थियो ।

त्यस्तै, विदेशी कूटनीतिक वार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नै पर्ने नियम बनाइएको थियो । त्यसबारे परराष्ट्र मन्त्रालयलाई पहिल्यै जानकारी दिनुपर्ने भनिएको थियो । तर पूर्वउपप्रधानमन्त्री भइसकेका लामिछाने आफैंले पहिलेका नियम उल्लंघन गरेका छन् । केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीलाई भेट्न रवि एक्लै हिमालय होटलमा पुगेका थिए । रवि र मोदीबीचको वार्तामा परराष्ट्रका कोही पनि प्रतिनिधि सहभागी थिएनन् । कतिसम्म रविले पहिले आफूले भेटेकै होइनसमेत भन्न भ्याए ।

त्यति मात्र होइन, रास्वपाका उपसभापति डिपी अर्याल र चिनियाँ दूतावासका डीसीएमवीचको वार्तामा परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व देखिएन। कूटनीतिक वार्तामा परराष्ट्रका प्रतिनिधि अनुहार देखाउन जाने होइन, कन्टेन्टमा सहयोग र संस्थागत मेम्मोरीका लागि हो । तर आफूलाई नयाँ विचारसहित आएको भन्ने रास्वपाको कार्यशैली पनि अन्य दलकै जस्तो देखिएपछि यीबाट पनि केही नयाँ नहुने जनताले महसुस गर्न थालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *