अगस्त्य’को छायाङ्कन १५ जेठबाट सुरु हुने

काठमाडौँ । सौरभ चौधरीको निर्देशन रहने फिल्म ‘द अनब्रेकेबल अगस्त्य’को छायाङ्कन १५ जेठबाट सुरु हुने भएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म नेपालको काठमाडौं र नवलपरासी र भारतको गोरखपुर, बनारसमा छायाङ्कन हुनेछ ।

सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, रवीन्द्र झा, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहने फिल्म दुई च्याप्टरमा निर्माण हुनेछ ।

फिल्मको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्न लागेका हुन् ।

सञ्जय लामाको छायाङ्कन रहने फिल्मको नाम हिन्दु धर्मका सप्तऋषि मध्येका एक अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *