अनलाइन गेममा हारेपछि ७ बोतल रक्सी सिनित्तै


काठमाडौं । सोसल मिडियामा कहिलेकाहिँ अति गर्दा खति हुन्छ भनेझैँ सोसल मिडियाको स्टन्टले ज्यानै समेत लिने गरेका घटना प्रसस्तै छन् । हालै एउटा यस्तै घटना भएको छ । लाइभ भिडियोमा एकपछि अर्को गर्दै लगातार ७ बोतल रक्सी पिएका ती व्यक्तिको केहीबेरमै मृत्यु भयो । सोसल मिडियामा राम्रै संख्यामा फलोअर्स भएका ती व्यक्तिले केवल आफ्ना तिनै फलोअर्सलाई देखाउनका लागि ७ बोतल रक्सी सिनित्त पारेका थिए । यो घटना चीनको हो । डेलीस्टारको रिपोर्ट अनुसार ३४ वर्षका वांग नामका ती व्यक्ति चिनियाँ सोसल साइटहरुमा निकै प्रसिद्ध थिए । शर्ट भिडियो एप डोइनमा उनका हजारौँ फलोअर्स थिए भने अन्य प्लाटफर्ममा पनि उनका फलोअर्सको कमी थिएन । उनी प्रायः आफ्ना सोसल मिडिया अकाउन्टमा यसअघि पनि रक्सी पिएका भिडियोहरु राख्ने गर्दथे । हालै उनले त्यही काम गरे, तर दुर्भाग्यवस उनको मृत्यु भयो ।
वांगले एक लाइभस्ट्रिमका क्रममा ७ बोतल द्यबष्वष्ग मदिरा पिएका थिए । त्यसको केही घण्टापछि उनलाई मृत अवस्थामा फेला पारिएको थियो । वांगले जुन मदिरा पिएका थिए त्यसमा अल्कोहलको मात्रा ६० प्रतिशतसम्म थियो । सोसल मिडियामा रक्सी पिउने स्टन्टका कारण ज्यान गुमाएका वांग अहिले चिनियाँ सोसल मिडियामा चर्चाको विषय बनिरहेका छन् । प्रयोगकर्ताहरुले लाइभस्ट्रिमलाई नियमन गर्न कडा नियम बनाउनुपर्ने माग समेत गरेका छन् । वास्तवमा वांगले एक भर्चुअल प्रतियोगितामा भाग लिएका थिए । त्यो प्रतिस्पर्धामा हारेपछि उनले सजायँ स्वरुप छोटो समयमा धेरै रक्सी पिउनुपर्ने थियो । त्यसपछि उनले आफ्नो फलोअर्सलाई देखाउनका लागि लाइभमै आएर दनादन रक्सी पिउन सुरु गरेका थिए । लगातार ७ बोतल रक्सी खाएर ढलेका उनको केही घण्टामै मृत्यु भयो । परिवारका सदस्य आइपुग्दा सम्म उनको मृत्यु भैसकेको थियो । उनले आकस्मिक उपचारको मौका पनि पाएनन् । गत शनिवार उनको अन्तिम संस्कार भएको छ । स्मरण रहोस् म्यगथष्ल एपले पहिलेदेखि नै लाइभ स्ट्रिमिंगका क्रममा रक्सी पिउन प्रतिबन्ध लगाएको छ । तर प्रयोगकर्ताहरु नियम मान्न तयार छैनन् । वांगले यसअघि पनि रक्सी पिएर लाइभ गरेको भन्दै उनको सोस ल मिडिया अकाउन्ट निलम्बन भएको थियो । तर उनले नयाँ अकाउन्ट बनाएर रक्सी पिउँदै लाइभ स्ट्रिमिंग गरेका थिए । यद्यपि चीनमा लाइभस्ट्रिमका क्रममा प्रयोगकर्ताले अत्यधिक मदिरा सेवन तथा खानेकुरा खाएका कारण मृत्यु भएको यो पहिलोपटक भने होइन । सन् २०२१ मा यू हेलंग नामक डोइन प्रयोगकर्ताको लाइभमै अत्यधिक खानेकुरा खाँदा मृत्यु भएको थियो । त्यस्तै सन् २०१८ मा अनलाइनमा रक्सी तथा खाना पकाउने तेल पिउने एक अर्का लाइभस्ट्रिमरको पनि मृत्यु भएको थियो ।
– एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *