कामना सेवा विकासको सीईओ थकालीले सम्हाले कार्यभार


काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत दिनेश थकालीले आइतबारबाट कार्यभार सम्हालेका छन् । यसअघि उनी प्रभु बैंकमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्यरत थिए ।चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

त्यसपछि उनी प्रभु बैंकमा गएका थिए । उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकको जिम्मेवारी समालेका थिए । त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *