कोशी प्रदेश संसोधनको माग राख्दै विराटनगरको देवकोटा चोकमा प्रर्दशन, अवस्था तनावग्रस्थ

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन् ।

अहिले सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अवस्था तनावग्रस्थ बन्न पुगको छ ।

प्रदेश सभा छेउको निषेधित क्षेत्रमा आन्दोलनकारीले प्रदर्शन गरेपछि तनावको अवस्था सिर्जना प्रहरीले आन्दोलनकारीलाई नियन्त्र गर्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले आन्दोलन जारी रहेको छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेपछि प्रदेश सभा र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ । कोशी प्रदेश सभाको बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको कोशी प्रदेशको नामकरण गरेपछि प्रदेश संसोधनका लागि विभिन्न संगठनले आन्दोलन जारी राखेपछि पहिलो पटक बैठक बस्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *