चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको छ । टीकापुर घटनाका पीडितका तर्फबाट शारदा कठायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् । मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिट दर्ता नहुँदै राष्ट्रपतिले अदालतबाट दोषी ठहर भएर जेलमा रहेका चौधरीसहित १९ जनालाई आममाफी दिने निर्णय गरिसकेका छन् ।

संविधानसभाबाट संविधान जारीको तयारी भइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए । उक्त घटनाका दोषीलाई अन्याय हुने गरी मन्त्रिपरिषद्को निर्णय आएको भन्दै उक्त निर्णय र सिफारिस कार्यान्वयन रोक्न रिटमा माग गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *