प्रदेशको नाम राख्न नसकेका राई कोशीप्रदेश विरुद्ध बोल्दै

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्न माग गर्दै आएका छन् ।

विगतमा आँफु प्रदेश प्रमूख भएको बेला ५ वर्षे कार्यकालमा पनि प्रदेशको नाम राख्न नसक्ने राइले वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बहुमतका आधारमा नामकरण गरेर राखेको कोशी प्रदेशको नाम संसोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।

उनले आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेशको विरुद्धमा बोल्दै आन्दोलनकारीलाई झन आन्दोलन गर्ने बाटो देखाइदिएका छन् । उनले कोशी प्रदेशको नाम परिवर्तन गरेर आन्दोनकारीको माग संम्बोधन हुने बताए । बहुजाती बहुभाषा र बहुसंस्कृति भएको देश नेपालमा जातिय आधारमा नाम राख्न यसरी आन्दोलनकारीलाई मलजल गर्नु कुनै उचित हँदैन । अन्य जातिले विद्रोह जनाएका छैनन् भने मंगोलहरुले विशेषगरी आन्दोेलन गर्दै आएका छन् ।

आन्दोलनका कारण प्रदेश सरकारलाई ठूलो क्षेती हुँदै गएको छ । जातियताका आधारमा प्रदेशको नामाकरण गर्यो भने आगामी दिनमा झन जातियद्धोन्द बढ्दै जान्छ । त्यसैले प्रदेशसरकारले बहुमतले पारित गरेको नामकरणमा सबैले स्वीकार गर्नु उचित हुन्छ ।

यस्तै पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले वर्तमान कोशी प्रदेश सरकारले जातिय दमन गरेको आरोप लगाएका छन । तर कोशी प्रदेश सरकारले जातिय विवेद गरेको भन्दै राजनैतिक दलले आरोप लगाउनु वेकाम हो ।

यो त झन आन्दोलनको अवस्था सिर्जना गर्ने वातावरण निमार्ण गर्ने अर्को नयाँ बाटो हो । त्यसैले मुख्यमन्त्री जस्तो पदधारण गरिसकेको मन्त्रीले वर्तमान सरकारलाई यस्तो आरोप लगाउनु अर्नाथ रहनेछ ।
आइतबार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *