सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बेच्दै


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले साढे १० हजार कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी केशव बोहराको नाममा रहेको १० हजार ७ सय ७३ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न १५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले जोकोही सर्वसधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *