हाम्रो साकोसले घटायो ब्याज


काठमाण्डौं । हाम्रो बचत तथा ऋण सहकारी संस्थाले भोलीबाट लागू हुनेगरी ०.२५ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म ब्याजदर घटाएको हो । यस अघि १६ प्रतिशत ब्याजदरमा ऋण लिदै आएका सदस्यले अब १४.५ देखि १५.७५ प्रतिशत व्याजदरमा ऋण पाउने भएका छन् । संस्थाले जेठ १६ गतेदेखि लगानीमा गर्दा उक्त ब्याजदर लागू हुनेगरी घटाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले बताए । संस्थाको जेठ ५ गतेसम्मको वित्तिय बिवरण अनुसार १६ करोड ५ लाख ८७ हजार ३ सय रुपैयाँ सेयर पूँजी तथा १ अर्व ५ करोड ८१ लाख ७१ हजार ७ सय ९५ रुपैयाँ कुल बचत रहेको छ ।
त्यसैगरी संस्थामा १ अर्व २९ करोड ६४ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ ऋण लगानी र ११ करोड २६ लाख ७२ हजार ५ सय ३५ रुपैयाँ जगेडा कोषमा रहेको छ । संस्थामा २१ करोड ४ लाख १० हजार २ सय २८ अर्थात २० प्रतिशत रलता रहेको जनाइएको छ । संस्थामा ७ हजार १२ जना मध्ये २ हजार ३ सय ६९ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *