तपाईहरुको बचत डुब्दैन,सहकारीहरुलाई काम गर्ने वातावरण दिनुस् –रजिष्ट्रार घिमिरे


काठमाण्डौं । सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीमा राखेको बचत डुब्न नदिने बताएका छन् । कतिपय बचतकर्ता आफुहरुले सहकारीमा राखेको बचत फिर्ता नपाएको भन्दै सडक आन्दोलनमा पुगेका बेला उनले भने सो कुरा बताएका हुन् । सहकारी पत्रकार समाजले अयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले अहिले वित्तीय प्रणालीमा नै समस्या आएकाले सबै सहकारीले तत्काल बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको प्रष्ट पारे । सदस्यले सहकारीमा राखेको बचत फिर्ता पाउने भन्दै उनले सदस्यहरुलाई नआत्तिन आग्रह गरे । सदस्यले ढिलो चाँडो बचत फिर्ता पाउने उनको भनाई छ ।

सहकारीमा बचतकर्ताले जम्मा गरेका एक रुपैँया पनि हिनामिना हुन नदिने उनको दावी छ । उनले भने,‘ तपाईहरुको बचत डुब्दैन,सहकारीहरुलाई काम गर्ने वातावरण दिनुस्। सदस्यको बचत डुबाएर लन्डन होस या अन्टार्कटिकमा पुगे पनि सरकारले चाह्यो भनेर खोजेर ल्याउने उनले जनाए । केही सहकारी संस्थाले गरेको वदमासीका कारण समग्र सहकारी क्षेत्र नै खतम र विश्वास गर्न लायक छैन भन्ने सन्देश गएको घिमिरेको भनाई छ । ‘अहिले सबै सदस्य पैसा आवश्यक परेर बचत फिर्ताको लागि गएका होइनन्, उनले भने, ‘पैसा सुरक्षित नहुने भयो भन्ने डरले सहकारीमा बचत फिर्ताको लागि लाम लागेका हुन् । ‘कतिपय सदस्य विभागमा आएर मैले सहकारीमा गरेको बचत सुरक्षित छ त भनेर प्रश्न गर्ने गरेका छन् । मैले सुरक्षित छ भन्दिएपछि आनन्द भयो भन्दै गए। सबै सहकारीमा समस्यामा नरहेको भन्दै उनले मुल्य मान्यता र सिद्धान्तमा सञ्चालित सहकारीमा ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

रजिष्ट्रार घिमिरेले अहिले असहज परिस्थितिका कारण समस्यामा परेका संस्थाबाट समेत सदस्यको बचत जसरी पनि फिर्ता आउने दावी गरे । पैसा नभएर समस्यामा परेका सहकारी कति र घर जग्गा नबिकेर समस्यामा परेका संस्था कति छन्, त्यसको यकिन तथ्याङ्क ल्याउन उनको आग्रह छ । ‘संस्थाहरुले प्राथमिकिकरण गरे विरामी, एकल महिला, जेष्ठ नागरिक र स–सानो बचत भएकालाई पहिला फिर्ता दिन र बाँकी सदस्यको हकमा क्रमश दिँदै जाने भनेर आफ्ना सदस्यलाई भन्नसु न ’ उनले भने, ‘तत्कालको समस्या समाधान गर्न राम्रालाई समय दिने,नराम्रालाई कारवाही गर्ने र बीचका सहकारीलाई अहिले टिकाएर राम्रो भए पछि नियमन अनुगमन गरेर कारवाही गर्दै जान्छौ । पहिला सदस्यको बचत फिर्ता गराइसकेपछि सहकारी ऐन नियम भन्दा बाहिर गएर लगानी गर्ने संस्थाहरुलाई कारवाही गर्ने उनले जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *