पहिलो सिजनमै रेलिगेसनमा खुमलटार


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बढुवा भएकै सिजनमा एफसी खुमलटार रेलिगेसनमा परेको छ । आज आफ्नो अन्तिम खेलमा लिग विजेता चर्च ब्वाइजसँग २–० ले पराजित हुँदै खुमलटार रेलिगेसनमा परेको छ । गत सिजन यी दुई क्लव बी डिभिजनबाट बढुवा भएका थिए । जसमा चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक बनाउँदै उपाधि जित्यो भने खुमलटार २७ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल निकै तनावपूर्णखेलमा चर्च ब्वाइजलाई जिताउन सुशील शाह र जोसेफ बेम्पाले गोल गरे । पहिलो हाफमा चर्च ब्वाइजका गोलरक्षक प्रिसोले रातो कार्ड खाएका थिए । १० खेलाडीमा सिमित भए पनि चर्च ब्वाइजले च्याम्पियन शैली कामय राख्दै जित हात पार्‍यो । यस्तै पहिलो हाफको इन्जुरी समयमा रेफ्रीमाथि हातपातमा उत्रिएका खुमलटारका ३ जना अफिसियलले रातो कार्ड पाएका थिए ।

डी बक्सभित्र चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ह्याण्ड गरेको भन्दै खुमलटारका खेलाडी र अफिसियलले पेनाल्टीको माग गरेका थिए । तर रेफ्रीले ह्याण्ड नदिएपछि प्लेयर बक्समा रहेका म्यानेजर अन्जन राना क्षेत्रीले मैदानै गएर खेल सञ्चालन गरिरहेका रेफ्री प्रज्वल क्षेत्रीलाई हातपात गरे । म्यानेजर सहित पछि अन्य अफिसियल पनि मैदान प्रवेश गरेर रेफ्रीहरुमाथि हातपातमा उत्रिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *