माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमेबेल र पिज्जा हटमा छुट


काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट पाउने भएका छन् । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार दिव्यानी इन्टरनेशनल नेपाल प्रालिमा आवद्ध केएफसी, क्रिमेबेल र पिज्जा हट आउटलेटहरु मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकका ग्राहकहरुले छुट पाउने छन् ।

जसका लागि बैंकको विभिन्न डिजिटल माध्यम क्यूआर वा पीओएस मेसिन मार्फत डेबिट। क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्ने ग्राहकले दैनिक पहिलो कारोबारमा १० प्रतिशत छुट पाउनेछन् । बैंकले दैनिक पहिलो अर्डरमा बढीमा १ सय ८० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने दाबी गरेको छ । बैंकका अनुसार क्यासब्याक योजना २५ जेठदेखि २६ असारसम्म लागू हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *