मुर्रा राँगाबारे संसदमा अनावश्यक हल्ला गर्नु कृषि क्षेत्रको अपमान हो : किसान महासंघ

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाललाई भारतले दिन लागेका १५ वटा मुर्रा राँगाको विषयबारे केही राजनीतिक दलहरूले संसदमा अनावश्यक हल्ला गरेको किसान महासंघले बताएको छ ।

महासंघले मुर्राबारे केही सांसदहरुले बोलेको विषयले देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरू र राष्ट्रिय अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गरेको जनाएको छ ।

कृषि क्षेत्रलाई अपमान र युवाहरूलाई कृषिबाट स्थापित गर्ने गरी अपमानजनक भाषामा संसदमा प्रहसन गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सो कार्यको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ’, शुक्रबार महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *