बिग बाश लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी
काठमाडौँ । अस्ट्रेलियाम हुने बिग बाश टी-२० लिगका लागि नेपालबाट पाँच खेलाडी ड्राफ्टमा परेका छन् ।
अस्ट्रेलियन क्रिकेटले सोमबार सार्बजनिक गरेको विदेशी खेलाडीको ड्राफ्ट सूचीमा नेपालबाट सन्दीप लामिछानेसहित पाँच खेलाडी ड्राफ्टमा परेका हुन् ।
सन्दीपसहित, देव खनाल, अर्जुन साउद, आसिफ सेख र आरिफ सेख ड्राफ्टमा परेका हुन् ।
सन्दीप यसअघि हुरीक्यान्सबाट खेलेका हुनाले उनलाई हुरीक्यान्सले रिटेन गर्न सक्ने भएको छ । सन्दीप २०२१-२२ सिजन हुरीक्यान्सबाट खेलेका थिए ।
आउदो सिजनको बिग बाश लिगका लागि २९ देशका ३७६ विदेशी खेलाडी ड्राफ्ट सूचीमा रहेका छन् । खेलाडीको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुने अस्ट्रेलियन क्रिकेटले जानकारी दिएको छ । यो सिजनको बिग बाश लिग डिसेम्बर ७ देखि जनवरी २४ सम्म हुने छ ।