नबिल बैंकले राख्यो २ वटा काष्ठ उद्योग लिलामीमा
काठमाडौं । नबिल बैंकले ऋण चुक्ता नगर्ने दुई वटा उद्योगलाई लिलामीमा राखेको छ । बैंकले पशुपति उड उद्योग प्रा.लि. र मकालु काष्ठ उद्योग प्रा.लि.लाई लिलामीमा राखेको हो । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने भएको हो ।
पशुपति उड उद्योग काठमाडौं महानगरपालिका ६ बौद्धमा रहेको छ भने मकालु काष्ठ उद्योग कागेश्वरी मनोहरा नगरपालिका ७ मा रहेको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
