होन्डाले ल्यायो नयाँ मोडल बाइक हर्नेट २.०
काठमाडौं। होन्डाको नयाँ मोडलमा हर्नेट २.० बाइक ल्याएको छ। यो बाइकका प्रयोगकर्ताका लागि भारतमा १० वर्षसम्मको वारेन्टी घोषणा कम्पनीले गरेको छ। होन्डाको स्टाइलिस तथा पावरफुल मोडल बाइक हर्नेट २.० भारतीय बजारमा सार्वजनिक भएको हो। यसलाई सन् २०३३ सम्म वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले २०२४ मोडलमा यस्तो वारेन्टीको योजना ल्याएको हो।
यसमा बीएस ६ मापदण्ड भएको इन्जिन छ। यसमा १८४ सीसीको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन छ। जसले १७.३ हर्सपावरका साथ १५.९ एनएम टर्क उत्पादन गर्न सक्छ। यसको मूल्य भारतमा भारु १ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। नेपालमा यसको पुरानो मोडलको मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ छ। यसले टीभीएस अपाच्चे आरटीआर २०० फोरभी र बजाज पल्सर एनएस २०० लाई प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।